राजेश हमालको पछिपछि आर्यन सिग्देल - Palpali Milan

Recent

15 November 2011

राजेश हमालको पछिपछि आर्यन सिग्देल


नेपाली नायक भन्नासाथ हरेक नेपालीको मुखमै झन्डिएको एउटा नाम “राजेश हमाल” । आफ्नो अभिनयले हरेक नेपालीको मन जितेका राजेश हमाल, नेपाली चलचित्र क्षेत्रका सुप्रशिद्ध एकमात्र माहानायक पनि हुन भने अर्कोतर्फ विशेषगरी टिनेजहरुमाझ अत्यन्तै मनपराइएका वा भनौँ मुटुको ढुकढुकी सरह भएका आर्यन सिग्देल । आर्यन सिग्देलले आफ्नो रोमान्टिक छवि र मुस्कानले हजारौँलाई घायल गराएको छन भन्दा सायदै कुनै दुईमत होला । यि दुवै लोकप्रिय नेपाली नायकले आ–आफ्नो अभिनय प्रतिभाले थुप्रै नेपालीहरुको मनमस्तिष्कमा राज गरिरहेका छन् ।


अब लागौँ  शिर्षकतिर, आर्यन सिग्देल के कुरामा राजेश भन्दा पछाडी परे भनी हजुरलाई पक्कै पनि खुल्दुली लाग्यो होला, होइन र ?
Rajesh Hamal
Rajesh Hamal
नेपाली चलचित्र क्षेत्रका नायकहरु मध्ये बढी कसलाई मन पराउनुहुन्छ भनी यो ब्लग भिजिट गर्नुहुने साथीहरुलाई एउटा प्रश्न सोधेका थियौँ । जसमा राजेश हमाल र आर्यन सिग्देलका अलावा भुवन के.सी,विराज भट्ट,दिलिप राएमाझी, निखिल उप्रेती, श्री कृष्ण श्रेष्ठ र शिव श्रेष्ठलाई पनि समावेश गरेका थियौ । जसको अन्तिम नतिजा यसप्रकार रहेको छः


भोट गर्नलाई उपलब्ध गराएको समयभित्र हामीलाई प्राप्त १२२ भोटमध्ये ५५ भोट प्राप्त गरी पहिलो स्थानमा  राजेश हमाल परेका छन् भने आर्यन सिग्देल ३५ भोट सहित दोस्रो स्थानमा  परेका छन ।
Ray
Aryan Sigdel

उत्साहपुर्ण रुपमा आफ्नो अभिमत व्यक्त गर्नुहुने सम्पुर्ण साथीहरुलाई हृदयदेखी नै आभार व्यक्त गर्दै अहिलेका लोकप्रिय नायक राजबल्लभ कोइराला र जीवन लुइँटेलको नाम छुटाउन पुगेकोमा माफी पनि माग्दछौँ ।

यस्तै माया सदैँव दिइरहनुहोला भन्दै यहाँमाझ फेरी एउटा नयाँ प्रश्न "हजुरलाई मनपर्ने नेपाली नायिका को होला ? " प्रस्तुत गरेका छौँ । आफुलाई मनपरेको नायिकालाई भोट दिन नभुल्नुहोला नि !
राजेश हमालको पछिपछि आर्यन सिग्देल

No comments:

Post a Comment

Search